सदस्यसचिवको दरखास्त मागेपछि खेलकुदमा असन्तोष, महासंघ गण्डकी विरोधमा
पाेखरा | पुस १२, २०७९
पोखराः नेपाल खेलकदु महासंघले प्रदेश खेलकुल परिषद् गण्डकीको रिक्त सदस्य सचिवको नियुक्ती प्रक्रिया रोक्न युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश मार्फत मुख्यमन्त्री कार्यालयलाई ध्यानाकर्षण गराएको छ ।
महासंघले आज (मंगलबार) युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रिनाथ अधिकारीलाई प्रेस विज्ञप्ती बुझाउँदै सदस्य सचिवको नियुक्त रोक्न ध्यानाकर्षण गराएको हो ।
महासंघका अध्यक्ष विष्णु पुनले सचिव अधिकारीलाई विज्ञप्ती बुझाउँदै काम चलाउ सरकारले नियुक्ती प्रक्रिया जस्तो कार्य गर्न नपाउने र यस्तो निर्णयले विधीको शासनको धज्जी उडाएको बताए ।
‘प्रदेश खेलकुद नियामवली २०७८ विपरित प्रदेश खेलकुद परिषद् सदस्य सविचको नियुक्ती प्रक्रिया तत्काल रोक्न आग्रह गरेका छौ, नेपाल खेलकुद महासंघले गरेको अपिललाई वेवास्ता गरे आन्दोलनका कार्यक्रम घोषणा गछौं ।’ अध्यक्ष पुनले भने ।

गण्डकी प्रदेश सरकारले रिक्त सदस्य सचिव पदका लागि गत पुस ६ गतेको मन्त्री परिषद निर्णय गरेको थियो । सोही निर्णयका आधारमा यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशले एक साताको म्याद राखेर दरखास्त आह्वान समेत गरिसकेको छ । दरखास्त आह्वानको म्याद आज (मंगलबार) सकिएको छ ।
प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङको ६० वर्षे उमेर हदका कारण गत कार्तिक २४ गते पदावधी सकिए पछि आगामी चार वर्षका लागि प्रदेश सरकारले नियूक्ति प्रक्रिया अघि बढाएको थियो ।
प्रदेश खेलकुद विकास ऐन २०७७ को परिच्छेद ४ को उपदफा १७ को ३ बमोजिम सदस्य सचिव नियूक्ति गर्ने प्रावधान रहेको छ । सोही परिच्छेदको उपदफा ३ बमोजिम प्रदेश सरकारले यूवा तथा खेलकुद मन्त्रीको संयोजकत्वमा मन्त्रालयको सचिव र एक जना विशेषज्ञ सहित तिन सदस्यिय सिफारिस समिति गठन गर्ने प्रावधान रहेको छ ।
सिफारिस समितिको संयोजकमा यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ, सचिव बद्रिनाथ अधिकारी रहेका छन् भने खेल विज्ञको रुपमा हरिप्रसाद पराजुली रहेका छन् । पराजुली नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष समेत हुन् ।
परिषदको सदस्य सचिव नियूक्तिका लागि ३० वर्ष उमेर पुरा भएको, स्नातक तह अध्ययन पुरा भएको र ६० वर्ष ननाघेको हुनुपर्ने खेलकुद विकास ऐनमा उल्लेख छ ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

